- विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले ७ खेलमा सर्बाधिक १५ विकेट लिएका छन् । त्यस्तै सुदूरपश्चिम रोयल्सका बलर अविनाश बोहोराले १४ विकेट लिदै दोस्रो स्थानमा रहेका छन् ।
काठमाण्डौ, २२ मङ्सिर । नेपाल प्रिमियर लिग (एनपीएल) का लिग चरणका खेलहरु सकिएका छन् । लिग चरणका खेल सकिदा प्लेअफमा खेल्ने चार टिमको टुंगो लागेको छ र प्लेअफको समीकरण पुरा भएको छ ।
अब सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सले पहिलो क्वालिफायर खेल्ने छन् भने काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सले इलिमिनेटर खेल्ने छन् ।
पहिलो क्वालिफायरको विजेता सिधै फाइनलमा पुग्ने छन् भने पराजित भएको टिम दोस्रो क्वालिफायर खेल्न पाउने छ । त्यस्तै इलिमिनेटरको विजेता दोस्रो क्वालिफायर खेल्ने छ भने पराजित भएको टिम बाहिरिने छन् । अब पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स आगामी मंगलबार खेल्ने छन् ।
त्यस्तै, बुधबार इलिमिनेटरमा काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स खेल्ने छन् । त्यसैगरी दोस्रो क्वालिफायर खेल विहिबार हुने छ भने दोस्रो सिजनको फाइनल खेल शनिबार हुने छ ।
लिग चरणका खेलमा नेपाली बलरको दबदबा देखिएको छ । विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले ७ खेलमा सर्बाधिक १५ विकेट लिएका छन् । त्यस्तै सुदूरपश्चिम रोयल्सका बलर अविनाश बोहोराले १४ विकेट लिदै दोस्रो स्थानमा रहेका छन् ।
त्यस्तै, काठमाडौँ गोर्खाजका शाहाब आलम र करण केसीले १२-१२ विकेट लिएका छन् । त्यस्तै लुम्बिनी लायन्सका शेर मल्ल र कर्णाली याक्सका नन्दन यादवले १०-१० विकेट लिएका छन् ।
त्यस्तै कर्णाली याक्सका सोमपाल कामीले ९ विकेट लिएका छन् भने पोखरा एभेन्जर्सका विपिन खत्री र काठमाडौँ गोर्खाजका रशिद खानले ८-८ विकेट लिएका छन् ।
धेरै विकेट लिने विदेशी बलरमा श्रीलंकाका धनन्जय लक्शान र अमेरिकाका मिलिन्द कुमारले १०-१० विकेट लिएका छन् ।
त्यस्तै एक इनिंगमा काठमाडौँ गोर्खाजका शाहाब आलमले पोखरा एभेन्जर्सविरुद्ध सर्बाधिक ६ विकेट लिदै प्रतियोगितामा एक खेलमा सर्वाधिक विकेट लिएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’